बराबरीमा रोकियो रियल

खेलकुद

काठमाडौं । उपाधि दावेदार रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले पाएको मौका सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो । रियलले बेटिसको मैदानमा १७ सट प्रहार गरेको थियो ।

लिगमा अन्तिम खेलहरु बाँकी रहँदा रियल कमजोर देखिएको छ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेल्ने तयारी भएको रियल ला लिगामा कमजोर देखिएको हो । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियलको ३३ खेलमा ७१ अंक छ । रियल लिगको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ । पराजित बेटिस ५० अंक सहित तालिकाको छैटौं स्थानमा छ । बेटिसले लिगका पछिल्ला पाँच खेलमा बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *