एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्सले भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् ।इन्डियन प्रिमियर लिग (आइपिलए) मा कोलकाता नाइट राइडर्सबाट खेलि रहेका कमिन्सले कोरोना महामारीबाट लडि रहेको भारतलाई अक्सिजन खरिदका लागि भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । कमिन्सले सामाजिक सञ्जाल मार्फत उक्त रकम दिने घोषणा गरेका छन् । उक्त रकम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको पिएम केयर्स कोषमा जाने छ ।
‘यहाँ आइपिएल जारी राख्नु उपयुक्त छ वा छैन भन्ने धेरै चर्चा भएको छ । आइपिएल हुँदा लकडाउनमा रहेका जनताले केहि घण्टा आनन्द र देशको लागि प्रत्येक दिन आराम प्रदान गर्छन् । खेलाडी भएको नाताले हामी लाखौ मानिससम्म पुग्न सक्छौं । जुन हामी राम्ररी प्रयोग गर्न सक्दछौैं । त्यो कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री केयर्स कोषलाई विशेष सहयोग गरेको छु’, उनले ट्वीटरमा लेखेका छन् ।
कमिन्सलाई सन् २०२० को आइपिएल अक्सनमा कोलकाता नाइट राइडर्सले १५ करोड ५० लाख भारु मा अनुबन्ध गरेको थियो । जारी सिजनको खेलमा कमिन्सले चेन्नई सुपर किंग्सविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै ६६ रनको इनिङ खेलेका थिए । कमिन्स विश्व टेष्ट वरियताका शीर्षक्रमका बलर हुन् ।