एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वेस्ट ब्रोम अल्वियोनमाथि सहज सजत हात पारेको छ । घरेलु मैदानमा लेस्टरले वेस्ट ब्रोमलाई ३–० ले पराजित गरेको हो ।किङ पावर स्टेडियममा लेस्टरको सहज जितमा जेमी भार्डी, जोनी इभान्स र केलिची इहानाचोले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । खेलको २३औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई १–० ले अघि बढाए । उनले टिमोथी कास्टाग्नेको पासमा गोल गरेका थिए ।
२६औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा केलिची इहानाचोले गोल गरेपछि लेस्टरले पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसस्कदा पहिलो हाफको तीन गोल नै लेस्टरको जितमा पर्याप्त बन्यो । जितपछि लेस्टर ५९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित वेस्ट ब्रोम २४ अंक जोडेर १९औं स्थानमा रहेको छ ।