चेल्सी बराबरीमा रोकियो

खेलकुद

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।स्टामफोर्ड ब्रिजमा बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले ब्राइटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो । विन ह्वाइट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

बराबरीपछि चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाउदा शीर्ष चारमा रहेको छ । चौथो स्थानमा रहेको चेल्सीको ३२ खेलबाट ५५ अंक छ । समान ५५ अंक रहेपनि गोलअन्तरमा वेस्टह्याम युनाइटेड पाँचौ स्थानमा रहेको छ । ३४ अंक जोडेर रेलिगेसन जोनभन्दा दुई स्थान माथि १६औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *