मुम्बईविरुद्ध पहिला फिल्डिङ गर्दै पन्जाब

खेलकुद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १७ औं खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्यसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।चेन्नईमा पन्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । युवा लेगस्पिनर रवि बिश्रोईलाई टोलीमा मौका दिदा मुरुगन आश्विन बाहिरएका छन् । मुम्बईले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा(कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, जयन्त यादव, राहुल चहर, जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट ।पन्जाब किंग्सको प्लेइङ ११ : लोकेश राहुल(कप्तान), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पुरन, दीपक हुडा, मोइजेस हेनरिक्स, शाहरुख खान, फबिएन एलेन, मोहम्मद शामी, रवि विश्रोई र अर्शदीप सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *